आज मिति वि.सं.२०८१ बैशाख ३० गते आईतबार ई.सं.२०२४ मे १२ नेपाल सम्बत ११४४ बछलाथ्व पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण पञ्चमी, चन्द्रमा मिथुन राशिमा आद्रा नक्षत्र, धृति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:१६ बजे भयो भने सूर्यास्त साँझ ०६:४४ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर अप्ठ्यारो परिस्थितिमा पनि काम बन्नेछन् । समयको सदुपयोग हुनेछ । आरोग्यता वृद्धिको अनुभूति होला । मित्रजन सहयोगी बनेर देखापर्लान् । आमोदप्रमोदको माओल बन्ला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । समय लागेपनि आवश्यक काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग मिल्नेछ भने आश मारेको कामको फल प्राप्त हुन सक्छ । घरेलु समस्यामा अल्झनुपर्ने योग छ । सिर्जनात्मक कार्य सम्पादन हुनेछ । पारिवारिक समस्याको समाधान मिल्ने योग छ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति होला । केही चुनौतीको पनि सामना गर्नुपर्ने योग छ । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ । आय बढ्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल र आरोग्यता बढ्नेछ । रोकिएको काम बन्नेछ । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रेमको बन्धन कसिएला । आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । सोख पूर्तिका लागि खर्च बढ्ला । अति आवश्यक अवस्थामा बाहेक आर्थिक कारोवार नगर्नु नै उचित हुनेछ । रसरागमा आकर्षण बढ्ला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन शुभदायी छ । भाग्यबल बढ्नेछ भने अनुकूल समय रहनेछ । आम्दानी बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । अरूको भरपर्दा काम रोकिन सक्छ, ध्यान राख्नुहोला । तथापि बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अनुकूल समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । पारिवारिक सुखशान्ति रहनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । खर्चको मात्रा बढ्ने देखिन्छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेपनि आँटेको काममा सफलता मिल्नेछ । विलासी काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापारलगायत आर्थिक लाभका काममा राम्रै फाइदा हुने समय छ । स्वादिष्ट भोजनमा मन रमाउला । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, संयमता अपनाउनु हितकर होला । धर्मकर्ममा आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । मान महत्व वृद्धि होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । आजको दिन कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ, सचेत रहनुहोला । नियमकानूनले साथ दिनाले दायित्वलाई पूरा गर्नुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): धन आर्जन गर्ने मौका मिल्ने समय छ, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । तर, पुरानो गतिले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । कतै आतिथ्यता र मिठो भोजन प्राप्त हुने योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा होला । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । सभासमारोहमा सम्मानित हुनुहुनेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्