संसद् बैठक जेठ १ गतेसम्मका लागि स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आगामी जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन्।

शुक्रबार तय भएका कुनैपनि कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो। कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो।

शुक्रबारको बैठकमा पनि कांग्रेसले सोही अडान दोहोर्याएको छ। सरकारले आगामी जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। सोही दिन साँझ ६ बजेका लागि सभामुखले बैठक बोलाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

Array