वैशाख २८ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ बैशाख २०८१, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ वैशाख २८ गते शुक्रबार ई.सं.२०२४ मे १० नेपाल सम्बत ११४४ बछलाथ्व तृतिया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण तृतिया, चन्द्रमा वृष राशिमा रोहिणी नक्षत्र, अतिगंड योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:१७ बजे भयो भने सूर्यास्त साँझ ०६:४२ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन स्वास्थ्यमा सामान्य समस्या आउनुका साथै आर्थिक कारोबारमा पनि समस्या आउन सक्छ । धार्मिक कार्यमा खासै रुचि नहोला । तथापि अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जाँगर बढ्ने र पुराना समस्या सुल्झाउने अवसर मिल्ने योग छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फल दिने समय छ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहला । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु हितकर हुनेछ । नयाँ काम तथा अवसर मिल्ने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जालान् । आय बढ्नेछ । आरोग्यता रहनेछ । रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उद्योग-व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । तर, चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरितलिङ्गीबाट टाढा रहनु हितकर हुनेछ । पराक्रम बढ्नेछ भने शत्रुमाथि विजय प्राप्त हुनेछ । मान-महत्व बढ्ने योग छ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सफल हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको विशेष निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । काम रोकिनुका साथ मानसम्मानमा आघात पुग्न सक्छ । विगतको श्रमबाट भने लाभ हुनेछ । अध्ययन-अध्यापनमा अवरोध आउने योग छ । माता, पिता र सन्तानसँग मतभेद बढ्न सक्छ, होसियार रहनुहोला । कर्मबल बढ्नेछ, रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आय-व्ययलाई हेर्दा समय मध्यम रहनेछ । खर्चका बाध्यताहरू आइपर्ने छन् । नगद लेनदेन आजको दिन नगर्नु हितकर हुनेछ । बलभन्दा बुद्धिको काममा जोड दिनुहोला । विभिन्न उपहार प्राप्त हुने र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): विश्वासघात हुने समय रहेकोले गोपनीयतामा सावधानी अपनाउनुपर्ला । विदेश बसोबासको प्रयासमा रहेकालाई सजिलै अवसर मिल्ला । पति-पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेकालाई मिलनको अवस्था सिर्जना हुने समय छ । प्रेमभाव बढ्नेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुने समय छ । सोचेको समयमा कार्य सम्पादन होला । अचल सम्पत्ति जोड्ने योग छ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । मित्रजनसँग भने असमझदारी वा मनमोटाव बढ्न सक्छ, सचेत रहनुहोला । निर्णायक क्षमतामा कमी आउला । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । निरन्तर गोपनियतामा रहनु उचित हुनेछ । भुलेका मित्रजनले सम्झनेछन्, तर कसैसँग वादविवाद पनि हुन सक्छ । विद्यार्थी वर्गका लागि दिन राम्रो छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्न सक्छ, होसियारी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याको सम्भावना रहेकोले खानपानमा सजक रहनुहोला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्नेछ । घरेलु समस्याले सताउने, मित्रजन तथा आफन्तहरूले धोका दिन सक्ने समय छ । पति–पत्नीबीच विवाद बढ्ने योग छ । तपाईंका कमी-कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ, सचेत रहनुहोला । सहयोगीहरू टाढिन सक्छन् । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धन आर्जन हुने समय छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । काम लगनशील बन्न नसक्दा अरूले आलोचना गर्न सक्छन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परिवारिक सुख बढ्नेछ । सन्तानपक्षबाट सन्तोष मिल्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): बोलीको प्रभावमा अरुको विश्वास जितेर काम अघि बढाउन सकिने समय छ । खानपानको असावधानीले स्वास्थ्य भने कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले योजना बिग्रन सक्छ, सचेत रहनुहोला । शुभ समाचार प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ । निको भइसकेको रोगले पुनः सताउने योग छ । लामो समयदेखि रोकिएको काम बन्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । सभासमारोहमा सम्मानित हुनुहुनेछ । आफन्तको साथ कमै मिले पनि साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array