वैशाख २७ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ बैशाख २०८१, बिहीबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ बैशाख २७ गते बिहीबार ई.सं.२०२४ मे ०९ नेपाल सम्बत ११४४ बछलाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण प्रतिपदा, चन्द्रमा वृष राशिमा कृतिका नक्षत्र, शोभन योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:१८ बजे बायो भने सूर्यास्त साँझ ०६:४२ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम छ भने आज पुनः प्रयास गर्नु उत्तम हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नु हितकर होला । आफन्तसुख प्राप्त हुनेछ । साथीभाइको साथ र यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): विभिन्न अवसरले पछ्याउने तथा रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । तथापि, व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा पनि सामान्य कमजोरीको अनुभूति होला । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला । आयबल भने बढ्नेछ । परिवारिक सुख र स्मरणीय यात्राको योग छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कर्मबल बढ्नेछ तर स्वास्थ्य कमजोर रहेपनि जिम्मेवारी भने बढिरहने समय छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा पनि मन जानेछैन । आजको दिन नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भने नजिकिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । कर्मको ख्याति फैलिने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन चुनौतीयुक्त रहला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ भने विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रतिकुलताका बाबजुद खेलकूद, भ्रमण, रसराग आदिमा आकर्षण बढ्नेछ । बल–विवेकको सही प्रयोगले बिग्रन लागेको काम पजि बन्ने सम्भावना छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दौडधुप बढ्नेछ तर रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): टाढाको यात्राको सम्भावना छ । अध्ययन–अध्यापनमा समय दिन नसकिएला । आजको दिन लेनदेन नगर्नु हितकर हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि स्वास्थ्यगत समस्याले सताउन सक्ने योग रहेकोले सावधान रहनुहोला । अनावश्यक जमघटले काममा बाधा दिनसक्छ । बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउने समय छ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सोचेको काम बिस्तारै बन्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । स्वास्थ्यसम्बन्धी समस्याले भने सताउने देखिन्छ । आफ्ना काम स्थगित हुनाले मन खिन्न रहला । तपाईंका कमी–जोरीमाथि टिप्पणी हुन सक्छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रसरागमा मन जाला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सानातिना काम या घरेलु समस्यामै अल्झनुपर्ने समय छ तापनि अचानक प्रतिष्ठित कामको जिम्मेवारी मिल्न सक्ने योग छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्नेछ भने भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । रसरागमा रुचि बढ्नेछ । समय तपाईंकै पक्षमा रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्ने समय छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । आरोग्यताा रहनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ भने यात्रामा सफलता हात पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पराक्रम बढ्नेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा आर्जन होला । आर्थिक कारोबार हुने देखिन्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्नेछ, नयाँ काम प्रारम्भ गर्न सकिनेछ । मित्र एवम् आफन्तजनको साथ-सहयोग मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । मेहनतले धेरैको विश्वास जित्न सकिने समय छ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता बढ्नेछ । सन्तानसुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ, तर उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । सन्तानसुख प्राप्त हुनेछ । भय र भ्रम हट्ने समय छ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array