सत्तापक्षसँग झनै कठोर बन्दै देउवाः सहकारी ठगी प्रकरणमा ब्याक नहुन निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ बैशाख २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको मागबाट व्याक नहुन निर्देशन दिएका छन् । आज (बुधबार) देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाएर सहकारी ठगी प्रकरणमा छानविन समितिको मागलाई अझ सशक्त ढंगले अगाडि बढाउन भनेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आइरहेको छ ।

बैठकमा सहभागी भएका एक नेताका अनुसार आगामी संसद् अधिवेशन सुचारु गर्ने वा नगर्ने भन्ने जिम्मा कांग्रेसले सरकारलाई नै दिने भएको छ । ती नेताका अनुसार कांग्रेसको एउटै शर्त सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति हो ।

आगामी वैशाख २८ गते दिउँसो २ बजेका लागि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेको छ । यसअघि पनि कांग्रेसको विरोधका कारण संसद् अधिवेशन अन्त्य गरिएको थियो । समस्याको समाधान नखोजी फेरि अधिवेशन आह्वान गरिँदा सरकार अन्यौलमा छ । हिजो (मंगलबार) सभामुख देवराज घिमिरेले गतिरोध अन्त्य गरी संसद् सूचारु गर्ने विषयमा दलका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । कांग्रेस आफ्नो मागबाट टसमस नभएपछि उक्त बैठक पनि निश्कर्षविहीन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array