एनपीजी घोटला प्रकरणमा दोषी ठहर भएका सुनील पौडेललाई जरिवानासहित ९ वर्ष कैद सजाय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेशनल पेमेण्ट गेटवे (एनपीजी) घोटला प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय निर्धारण गरिएको छ । उक्त प्रकरणमा गत वैशाख ७ गते विशेष अदालतबाट दोषी ठहर भएका पौडेललाई आज सजाय निर्धारण गरिएको हो ।

विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ विगो जरिवाना निर्धारण गरेको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा खरिद गरेको नेशनल पेमेण्ट गेटवे सिस्टमको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा खरिद गरिएको नेशनल पेमेण्ट गेटवे (एनपीजी) अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गरे गराएर २५ करोडमा खरिद गरी गराई नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानी नोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको अभियोगमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array