वैशाख २५ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ बैशाख २५ गते मंगलबार ई.सं.२०२४ मे ०७ नेपाल सम्बत ११४४ चौलागा चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण चर्तुदशी, चन्द्रमा मेष राशिमा अश्विनी नक्षत्र, आयुष्मान योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ०५:१९ बजे भयो भने सूर्यास्त साँझ ०६:४१ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । मान-सम्मान प्रतिष्ठा पाइनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बितेपनि साथ-सहयोग दिनेहरू बढ्नेछन् । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ, आरोग्यता रहनेछ । आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रा सफल रहला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कर्मबल बढ्ने समय छ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहला । तथापि, परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सचेत रहनुहोला । इष्टमित्रको सहयोग एवम् परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । व्यवसायमा भने कममात्र फाइदा होला । आर्जित धन तत्काल खर्च हुन सक्ने योग छ । सामर्थ्य बढ्नेछ । आरोग्यता रहला । बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मान महत्व बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । नयाँ काममा हात हाल्ने योजना छ भने शुरु गर्दा राम्रै हुनेछ । दौडधुप बढेपनि सुख वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने र उद्योग तथा व्यापारमा विशेष फाइदा हुने समय छ । टाढाको यात्राको पनि योग रहेको छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । दाम्पत्यसुख बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ । विजयश्री प्राप्त होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): गरिएका कर्मको उचित प्रतिफल पाइने दिन छ । कामको चाप होला तर राम्रै धन आर्जन हुने योग छ । व्यावसायिक यात्रा सफल हुनेछ । दाम्पत्यजीवन रमाइलो रहनेछ । साझेदारीको काममा भने समस्या आउन सक्छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रसरागको भाव वृद्धि होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता बढ्नेछ तर विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । रसरागमा रुचि रहला । शुभ समाचार प्राप्त हुने समय छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पराक्रम, धन, मान, महत्व बढ्नेछन् । आरोग्यता रहनेछ । कार्यसम्पादन क्षमता बढ्नेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान राख्नु हितकर होला । सुख वृद्धि हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रामा सफलता हात पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): महत्वपूर्ण काममा सफलता प्राप्त हुने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । तथापि, गल्तीबिनै आरोप लाग्न सक्ने योग छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ । आफन्को सहयोग प्राप्त होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने समय छ, होसियार रहनुहोला । आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनुहोला । आरोग्यता रहला । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख प्राप्त हुनेछ । भय भ्रम हट्नेछ । भोगविलासमा आकर्षण रहला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array