वैशाख २२ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ बैशाख २०८१, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ वैशाख २२ गते शनिबार ई.सं.२०२४ मे ०४ नेपाल सम्बत ११४४ चौलागा एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण एकादशी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, एन्द्र योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२२ बजे भयो भने सूर्यास्त साँझ ०६:३९ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । हुलमुलमा धनमाल हराउने योग रहेकोले सचेत रहनु हितकर होला । मनोरञ्जनमा अलमलिनाले लक्ष्यप्राप्तिमा व्यवधान पुग्ला । कर्मबल बढ्नेछ । आमोदप्रमोदको भाव वृद्धि हुने दिन छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): काममा बाधा हुने र खर्च बढ्ने समय छ । मेहनतअनुसार फाइदा कमै होला । समयमा होसियार बन्न नसक्दा काम बिग्रन सक्छ, तथापि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । परिवारिक सुखको माहोल पैदा होला । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन ब्यापार ब्यवसायमा लाभ मिल्नुका साथै नसोचेको ठाउँबाट धन प्राप्ति हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । पराक्रम, आरोग्यता, बौद्धिकता र रचनात्मकता बढ्नेछ । मान पुरस्कार प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । माइलो यात्रा गर्ने अवसर जुट्नेछ भने दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अरूको भरपर्दा काम बिग्रन सक्छ, सचेत रहनुहोला । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहला । स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । मित्रजनको साथले हौसला वृद्धि होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आफ्नै कमजोरीले विवादमा परिने समय छ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । व्यस्तता बढ्नेछ । सन्तानपक्षको सुख प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुने योग भएपनि मौकाको फाइदा उठाउन नसकिएला । आज सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । विलासी काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ, सचेत रहनुहोला । बाध्यताले अलमल्याउन सक्छ । दायित्वप्राप्ति हुनेछ भने धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारिक सुख वृद्धि होला । आजको दिन योजना र बजेट बनाएरमात्र कार्य गर्नु हितकर होला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । स्वास्थ्यगत समस्याले भने सताउने देखिन्छ । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । शत्रु र रोगबाट छुटकारा मिल्ला । मुद्दा–मामिलामा विजयी भइनेछ । आरोग्यता वृद्धि हुनेछ । सन्तानपक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यापारमा फाइदा हुने र आयआर्जनका स्रोत वृद्धि हुने समय छ । तथापि, विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । आयआर्जन राम्रै हुनेछ भने अतिथिका रूपमा सम्मान समेत मिल्ने योग छ । तथापि, नयाँ योजना कार्यान्वयनमा ल्याउन केही कठिनाइ हुनेछ । आफन्तजनको साथ कमै मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array