वैशाख २१ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ बैशाख २०८१, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ बैशाख २१ गते शुक्रबार ई.सं.२०२४ मे ०३ नेपाल सम्बत ११४४ चौलागा दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण दशमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, ब्रम्हा योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:२२ बजे भयो भने सूर्यास्त साँझ ०६:३८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भाग्यबल बढ्नेछ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बोलीको भरमा काम सम्पादन होला । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्छ, सचेत रहनुहोस् । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । साथीभाइको साथ प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय शुभदायी छ । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् भने तपाईंले गरेको कामबाट धेरैलाई फाइदा पुग्नेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । यात्रा सुखद रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ, तर आजको दिन अनावश्यक भ्रमण हुन सक्छ, सकभर टार्ने प्रयत्न गर्नु हितकर होला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । सामान्य खर्चको योग छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त होला । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ । प्रतिस्पर्धी पछि पर्नेछन् । आरोग्यता रहनेछ भने रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फल दिने खालको दिन छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । तर, विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । सानातिना काममा अल्झनुपर्ने र घरेलु समस्याले सताउने योग छ । प्रेमभाव बढ्नेछ । यशवर्चश्व वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ । विजय श्री प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लाभ हुने काम प्रारम्भ गर्ने र गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । चिताएको महत्वपूर्ण काम भने आज सजिलै नहुने सम्भावना छ, धैर्य राख्नुहोला । व्यस्तता र आरोग्य बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । पराक्रम बढ्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइएला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । कृषिकर्ममा भएकालाई भने केही समस्याको समय छ । रसरागको भाव वृद्धि होला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिगो योजना प्रारम्भ हुन सक्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत वृद्धि हुने समय छ । साझेदारीमा फाइदा होला । मान महत्व बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ । अरूका काममा समय बित्न सक्ने र उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने योग पनि छ, धैर्यपूर्वक काम गर्नु हितकर होला । आजको दिन नजिकका साथीभाइ टाढिन सक्छन, सचेत रहनुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । आरोग्यता र तार्किक क्षमता बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रुचिका विषयमा लगानी बढाउने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जनको योग छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । ईर्ष्यालुजनबाट सावधान रहनुहोला । विजयश्री प्राप्त हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । भोगविलासमा आकर्षण रहनेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array