संघीय संसद्को बजेट अधिवेशन वैशाख २८ गतेदेखि आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गरेका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१/२० को सिफारिसमा सम्वत् २०८१ साल वैशाख २८ गते शुक्रबारका दिन १४ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्

Array