वैशाख १९ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ बैशाख २०८१, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ बैशाख १९ गते बुधबार ई.सं.२०२४ मे ०१ नेपाल सम्बत ११४४ चौलागा सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण सप्तमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शुभ योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२४ बजे भयो भने सूर्यास्त साँझ ०६:३७ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने समय छ । तथापि, शुभचिन्तकहरूको साथले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यावसायिक काममा केही चुनौती देखापर्ने योग छ । आफन्तसुख प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): टाढिएका आफन्तसँग पुनर्मिलन हुने दिन छ । नोकरीतर्फ हुनेहरूका लागि समय शुभदायक रहला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउनेछ । स्थायी सम्पत्तिमा केही विवाद आउने यो छ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । दाम्पत्य सुका साथै सामर्थ्य वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व बहनमा आजको समय बित्नेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका मिल्ने सम्भावना छ । आजको दिन सवारीसाधन एवम् हातहतियारको उपयोग सावधानीसाथ गर्नु हितकर हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नियमित काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ, विशेष सतर्क रहनुहोला । आर्थिक अभावले सताउन सक्छ । तपाईंका कमजोरीको अरुले फाइदा उठाउन सक्छन् । परिवारका विशेष सदस्यको स्वास्थ्यसम्बन्धी समस्याले चिन्ता बढाउन सक्छ, ध्यान राख्नुहोला । प्रेमभाव र पराक्रम बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफ्नै बलविवेकले काम गर्नु हितकर हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन समाजसेवा र परोपकारका कार्यमा मन जानेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । धैर्य राख्न नसक्दा हातमा आएका अवसर गुम्न सक्छन् । स्वास्थ्य पनि कमजोर रहन सक्छ । खानपानमा सजग रहनु हितकर होला । व्यस्तता बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्ने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ, सचेत रहनुहोला । जीवनसाथीलाई केही पीडा हुने योग रहेको छ । रोकिएका काम बन्नाले उत्साह जाग्ला । पराक्रम बढ्नेछ । हासविलास तथा खेलकुदमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोगीको राम्रो साथ पाइनेछ । तर, महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहला । परिस्थितिलाई पछ्याउन नसक्दा अलिक पछि परिनेछ । घरखर्च बढ्नेछ तर आयआर्जनमा कमी आउने सम्भावना छ । रसरागमा रुचि बढ्ने समय छ । मान महत्व वृद्धि होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । अरूको भरपर्दा काम बिग्रन सक्छ, सावधन रहनुहोला । लगानी वा खर्च वृद्धि हुनेछ । यात्रामा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तान पक्षबाट प्रसन्नता मिल्नेछ । यात्रा सुखद रहला । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आयबल बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कृषिकर्म तथा पशु व्यवसायबाट राम्रो फाइदा हुने समय छ । स्थायी सम्पत्ति आर्जन होला । बाहिरी यात्रामा भने कष्ट हुने देखिन्छ । साझेदारीमा विवादको योग छ । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । मित्रजनको साथ मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): निजी व्यवसाय तथा कृषिकर्ममा परिश्रमको तुलनामा न्यून उपलब्धि हासिल होला । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने समय छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ख्याल राख्नुहोला । अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । ऋण रोग र शत्रु माथि विजय प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । प्रेमभाव बढ्नेछ । भोगविलासमा आकर्षण रहला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array