सप्तरीको चिम्टीमा भीषण आगलागी, करिब २ सय घर जले

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । आगलागीबाट झण्डै २०० घर जलेर नष्ट भएको छ।

गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेका बेला आगलागी हुँदा ठूलोे क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो । यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित २०० घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगो निभाउने प्रयास भइरहेको छ । यता राजविराज, शम्भुनाथ, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका छन् ।

आगलागी अहिले पनि भइरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। उक्त आगलागीमा करिब ६०७० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array