गण्डकीमा फर्किएन कोशी, मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन खारेज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए ।

गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।

अधिकारीको नियुक्ति बदर गरी आफूलाई नै कामचलाउ मुख्यमन्त्रीको रूपमा कायम गर्न माग गर्दै पाण्डेले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array