वैशाख १७ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ बैशाख २०८१, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ बैशाख १७ गते सोमबार ई.सं.२०२४ अप्रिल २९ नेपाल सम्बत ११४४ चौलागा पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण पञ्चमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, सिद्ध योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:२६ बजे भयो भने सूर्यास्त साँझ ०६:३६ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका काम सम्पादन हुने तथा सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ जिम्मेवारी हात लाग्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । अध्ययन तथा अध्यापनमा राम्रै प्रगति हुनेछ । प्रतिष्ठित काम गर्ने योग छ । दाम्पत्यसुख बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । धन यश मान वृद्धि हुनेछ । मनोकूलको काम बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भाग्योदयको समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । प्रशंसकहरू बढ्नेछन् । वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । आरोग्यता र सामर्थ्य वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिष्ठित काम गर्ने र अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा मिल्ला । दिन उत्साहपूर्ण रहनेछ भने सुखद समाचार सुन्न पाइने योग छ । काममा मातापिताको सहयोग प्राप्त होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आरोग्यता र प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन केही चुनौतीयुक्त रहला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । सामान्य स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । यी सबका बाबजुद पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् तर आजको दिन विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । इष्टदेवको पूजा-उपासना गर्नाले फाइदा हुनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा भो आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): विशेष सभा-समारोहमा सहभागी बन्ने समय छ । आर्थिक अभावले अलिक सताउला । तथापि, रोकिएका काम सम्पादन हुनेछन् भने पठनपाठनमा पनि प्रगति हुनेछ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । हासविलास र भ्रमणमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ । ख्याति बढ्ने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । आर्थिक उपार्जनमा सुधार आउला । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने समय छ । भाग्योन्नतिका कारण सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । धन आर्जन गर्ने मौका जुर्ला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन मनोरञ्जनपूर्ण रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । कृषिकर्मम भने केही चुनौती सामना गर्नपर्ला । रसरागमा रुचि बढ्नेछ । भाग्यबल वृद्धि हुने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने समय छ । मान-सम्मान बढ्ला । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । कर्मबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । उठ्नुपर्ने रकम पनि हातलागी होला । तर, धेरै श्रमपछि अलिक कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । आरोग्यता वृद्धि हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामाजिक कामको दायित्व बढ्नेछ भने पारिवारिक खर्च वृद्धि हुने समय छ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिएला । आाटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । दौडधुप बढेपनि अधुरा काम बन्ने छन् । सन्तानसुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array