दोस्रो खेलमा वेस्टइन्डिज ए सँग नेपाल १० रनले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए सँग घरेलु टोली नेपाल १० रनले पराजित भएकाे छ । १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाउदैँ पराजित भएकाे हाे । नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे ।

गुलशन झा ११ बलमा ३ चौका र २ छक्ककासहित २६ रन तथा लोकेश बम १६ बलमा १ चौका र २ छक्कासहित १७ रनमा आउट भए । ओपनर अनिल शाह १, कुशल मल्ल शून्य, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए ।

वेस्टइन्डिजका ओबेद म्याककोयले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । गुडाकेश मोतीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । ओशान थोमस र रोस्टन चेशले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

Array