लगानी सम्मेलनको प्रभावः १४ अंकले बढ्यो नेप्से सूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु हुँदैगर्दा यसको सकारात्मक प्रभाव यता सेयर बजारमा परेको छ । साताको पहिलो कारोबार दिन समेत रहेको लगानी सम्मेलनको पहिलो दिन नेप्से सूचक १४.३३ अंकले बढ्दै १९८०.२७ अंकमा उक्लिएको हो ।

यस्तै आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.६२ अंकले बढ्दै ३५०.८० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । ट्रेडिङ समूहको उपसूचक बाहेक आज १२ वटा उपसूचक धनात्मक भएका छन् ।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.९८ प्रतिशतले बढेको छ भने आज डेभलपमेन्ट बैंक समूहको उपसूचक २.२३ प्रतिशतले र माइक्रो फाइनान्स १.४० प्रतिशतले बढेको छ । यसैगरी नन् लाइफ इन्स्योरेन्सको उपसूचक आज १.०६ प्रतिशतले बढ्दा अरू समूहको उपसूचक १ प्रतिशत कमले बढेका छन् । यता ट्रेडिङ समूहको उपसूचक भने आज ०.३४ प्रतिशतले घट्न पुगेको छ ।

आज पोखरा फाइनान्स कम्पनीको सेयर मूल्य ९.०२ प्रतिशतले बढेको छ भने रिभर्स फल्स पावर लिमिटेडको मूल्य ४.६३ प्रतिशतले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array