वैशाख १३ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ बैशाख २०८१, बिहीबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ वैशाख १३ गते बिहीबार ई.सं.२०२४ अप्रिल २५ नेपाल सम्बत ११४४ चौलागा पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण प्रतिपदा, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, व्यतिपात योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२९ बजे भयो भने सूर्यास्त साँझ ०६:३४ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सोचेभन्दा कमै फाइदा मिल्ने र आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्ने समय छ । श्रमको उचित मूल्य पनि नमिल्न सक्छ । इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । तथापि, आरोग्यता बढ्ने र आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । साथीभाइको साथ प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउला । आयआर्जन राम्रै हुनेछ तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आफन्तको सहयोग प्राप्त होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । दिगो आम्दानी हुने काम सुरु होला । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । व्यस्तता बढेपनि मनोकूलको काम सम्पन्न हुने योग रहेकोले मन प्रशन्न रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ भने ब्यवसायमा राम्रै लाभ होला । आजको दिन काममा अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । अध्ययन–अध्यापन कार्यमा उत्साह भरिनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने दिन छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । यशवर्चश्व वृद्धि हुनेछ । रोकिएको काम अघि बढ्ने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ, तर आज आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । काममा परिवारजनको साथ मिल्नेछ । हासविलास तथा खेलकुदलगायतका क्रियाकलापमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्ने देखिन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्ला । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । रोकिएको कुनै विशेष काम छ भने आज पुनः प्रयत्न गर्नु हितकर हुनेछ । लगानी बढ्नेछ भने खर्चमा सामान्य वृद्धि होला । रसराग तथा विलासी कार्यमा आकार्षण रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । व्यापार-व्यवसायमा भने लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । आयस्रोत वृद्धि हुने योग छ । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्य कमजोर रहनाले जोशजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । नचिताएको ठाउँमा खर्च हुन सक्छ, मितव्ययी बन्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रा सफल हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): केही प्रतिस्पर्धा गर्नुपर्ने समय भएपनि कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । शत्रुपक्ष सक्रिय हुन सक्छ, तर जित तपाईंकै हुनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मित्रजनको साथ मिल्ने र सुख शान्ति प्राप्तिको योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सेवामूलक कामबाट धनलाभ होला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । दाम्पत्यसुख बढ्नेछ । आफन्तबाट टाढिनुपर्ने समय छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । सन्तानसुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । भय र भ्रम हट्नेछ समय छ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array