वैशाख ११ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि. सं. २०८१ वैशाख ११ गते मंगलबार ई.सं.२०२४ अप्रिल २३ नेपाल सम्बत ११४४ चौलाथ्व पूर्णिमा, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल पूर्णिमा, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, वज्र योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५:३१ बजे भयो भने सूर्यास्त साँझ ०६:३३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ, तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउला । अवसरको सदुपयोग गर्न विशेष सोचविचार राख्नु हितकर होला । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । साथीभाइबाट सहयोग तथा हौसला मिल्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रामा सफलता प्राप्त होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यस्तता वृद्धि हुनेछ । आज आयआर्जन राम्रै हुने समय छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतीत होला । आजको दिन स्वास्थ्यमा चाहिँ विशेष ध्यान दिनु उपयुक्त होला । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् । आर्थिक लाभ भने हुने नै देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाउनेछ । ब्यापार ब्यवसायमा फाइदा नै होला । पराक्रम र आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आनन्द वृद्धि होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न सहज नहोला । छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनुहोला । श्रमको पनि समुचित मूल्यांकन नहुन सक्छ । आरोग्यता रहला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापार-ब्यवसायमा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तैपनि काम बिग्रने डरले सताइरहला । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, सावधान रहनुहोला । सानातिना काममा समय बित्ने दिन रहेको छ । आरोग्यता रहला । नयाँ काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्ला । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण रहला । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । आरोग्यता र आयबल बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको खराबीले पनि काममा बाधा दिन सक्ने योग छ । स्वास्थ्य सामान्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कममात्र प्रतिफल मिल्ने सम्भावना छ । बुद्धि–विवेकको सही प्रयोगले समयलाई वशमा पार्न सकिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): भाग्यवृद्धि हुनेछ । आज खास सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । पठन-पाठनमा प्रगति हुनेछ । शुभ काममा सफलता प्राप्त गर्नुहुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्तिको योग छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्, सावधान रहनुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने साझेदारीमा राम्रो फाइदा हुनेछ । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने योग छ । अरूका विषयमा चासो नलिनु उपयुक्त हुनेछ । विवादमा पर्नुबाट बच्ने प्रयत्न गर्नुहोला । जोखिममा नपर्नु हितकर होला । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन त्यत्ति सुखद नरहला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्यप्रति सतर्क रहनु हितकर हुनेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला, सावधान रहनुहोस् । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । सवारीमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सावधान रहनुहोला । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ । चुनौतपूर्ण दिन भएपनि शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानबाट सुख मिल्नेछ । भोगविलासमा आकर्षण रहला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array