वैशाख १० गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८१, सोमबार
5 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ वैशाख १० गते सोमबार ई.सं.२०२४ अप्रिल २२ नेपाल सम्बत ११४४ चौलाथ्व चतुर्दशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल चतुर्दशी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, हर्षण योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:३२ बजे भयो भने सूर्यास्त साँझ ०६:३२ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता बढ्नेछ । विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । स्वास्थ्य पनि सबल रहनेछ । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, सावधान रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम वृद्धि हुनेछ । रोकिएको काम बनी नयाँ काम सुरु हुने समय छ । व्यापारमा पनि फाइदा हुनेछ । तर समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान-सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आफन्तको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्ने योग छ, सावधान रहनु होला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने र सम्मान मिल्ने समय छ । फलदायी काम सम्पादन हुनसक्छ । काममा आफन्तको सहयोग जुट्नेछ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । तर, स्वास्थ्यप्रति सजग रहनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आफ्नै बलविवेकले काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिवारजनको सहयोगले उत्साह बढाउनेछ । आजको दिन स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनु हितकर होला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । आयबल बढ्नेछ । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समय चुनौतीपूर्ण छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुने योग छ । यसका बाजुद कर्मबल बढ्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यबल र मान-महत्व वृद्धि हुने समय छ । व्यापार–व्यवसायमा लगानी बढ्ला । आफन्त, परिवारजनमा आत्मीयभाव वृद्धि हुनेछ । जीवनसाथीलाई भने केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याको अनुभूति हुन सक्छ । आजको दिन समाजले खराब ठानेका पात्रहरूले फसाउन सक्छन्, सचेत रहनुहोला । समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । ब्यापारबाट धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । कठोर मिहिनेतले काममा सफलता प्राप्त गर्नुहुनेछ । अरुको भर नपर्नु हितकर होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । सन्तान र मित्रजनले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउनेछन् । दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रतिस्पर्धीहरू प्रवल बन्न सक्ने समय छ । काममा बाधा हुन सक्छ । स्वास्थ्यप्रति ध्यान दिनु हितकर होला । खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । यसका बाबजुद प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ । सन्तानबाट सुख मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मित्रजन एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । भय, भ्रम हट्नेछ । समृद्धि भोगविलासमा आकर्षण बढ्ला । पारिवारिक सम्बन्ध अलिक कमजोर बनेपनि आर्थिक समस्या समाधान हुने समय छ । सवारीसाधन र हातहतियार उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला ।

तपाईको दिन शुभ रहोस्

 

प्रतिक्रिया दिनुहोस्

Array