दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो।

आज सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ। त्यस्तै आज ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबर कारोबार भएका थिए ।

- Advertisement -
Ad imageAd image

आज दुई समूहको उपसूचक डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य घटेको थियो भने अन्य समूहको उपसूचक बढेका छन्।

आज दोल्टी पावरको सेयर सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ भने पिपुल्स पावरको सेयर मुल्य सबैभन्दा बढी ७.४६ प्रतिशतले घटेको थियो।

त्यसैगरी आज कारोबार रकमका आधारमा गोर्खाज फाइनान्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ भने सर्वोत्तम सिमेन्टको ७ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्