वैशाख ०९ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ बैशाख २०८१, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति २०८१ साल वैशाख ०९ गते आईतबार, तदअनुसार अप्रिल २१ तारिख २०२४, चैत शुक्ल पक्षको त्रयोदशी तिथि, महाबिर जयन्ती आज बिहान ५ बजेर ३३ मिनेटमा झुल्किएको सूर्य भरे साँझ ६ बजेर ३१ मिनेटमा अस्ताउने छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता बढे पनि अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिएला । सभा–समारोहमा मान महत्व बढ्नेछ । आरोग्यता रहला। आमोदप्रमोदको अवसर जुर्ने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले ब्यवहार र बोलीमा लगाम लगाउनु हितकर होला । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना रहेपनि आँटेको काममा सफलता मिल्नेछ । प्रतिभाको उच्च मूल्यांकन हुने समय छ । मिठो भोजन प्राप्त हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन आत्मविश्वास बढ्नेछ भने रोकिएका काम बिस्तारै बन्नेछन् । ब्यस्ताताका बाबजुद जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले विशेष सावधानीको दरकार छ । जीवनसाथीसँग सामान्य मनमुटाव हुन सक्छ, सचेत रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय र समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भेटघाटको अलमलमा पर्न सक्नुहुनेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । आम्दानी बढ्ने समय छ । आरोग्यता रहनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु जहितकर हुनेछ । उत्साहवर्द्धक समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त हुनेछन् । हासविलासमा आकर्षण बढ्नेछ । रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): भाग्योदयको समय छ । आयवर्द्धक काममा आकर्षण बढ्ला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका मिल्ला । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने छ । पारिवारिक जमघटमा मन रमाउला । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । उच्च महत्वाकांक्षाले केही नोक्सानी निम्त्याउन सक्छ, सचेत रहनु हितकर होला । परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथै धनलाभको योग रहेको छ । परिवारिक सुख बढ्नेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रसन्न हुने योग छ । योजना र बजेट बनाएर मात्र व्यवहार गर्नु उत्तम हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । लामो यात्रा सम्भावना छ भने साझेदारीमा राम्रै फाइदा हुनेछ । प्रेमभाव बका साथै दाम्पत्यसुख बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आलस्यले गर्दा अवसर गुम्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): शुभता र प्रेमभाव बढ्नेछ । सभासमारोहमा सम्मानित हुनुहोला । बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । तर, अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । आफन्तको साथ भने कमै मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array