रूसी सेनामा रहेका परिवारले माइतीघरमा थाले अनशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – रूसी सेनामा रहेका नेपालीहरूका परिवारले आजदेखि काठमाडौँको माइतीघरमा अनशन शुरु गरेका छन् ।

रूसी सेनाको उद्धार गरिदिन पटक पटक गरिएको प्रयास उपलब्धिमूलक नरहेको भन्दै सामूहिक रूपमा पीडित परिवारले अनशन शुरु गरेका छन् ।

शुक्रबार दिउँसोदेखि रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षा अभियानबाट अभियन्ता कृतु भण्डारीको नेतृत्वमा १२ परिवारले अनशन थालेका हुन् ।

उनीहरूले रुसी सेनामा भएका सबै नेपालीको अवस्था सार्वजनिक, सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता, भर्ती भएका र युक्रेनको कब्जामा रहेकाहरूको सकुशल उद्धारको माग राखेका छन् ।

युद्धमा परी घाइते भएका नेपालीहरूको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र शव नेपाल ल्याउने व्यवस्था गर्न माग राखेका छन् । त्यस्तै रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिन पनि सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array