वैशाख ०६ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ बैशाख २०८१, बिहीबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ वैशाख ०६ गते बिहीबार ई.सं.२०२४ अप्रिल १८ नेपाल सम्बत ११४४ चौलाथ्व दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल दशमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, गण्ड योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:३६ बजे भयो भने सूर्यास्त साँझ ०६:३० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कृषिकर्ममा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने समय छ । पितृधनको उपयोगबाट विशेष लाभ उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, सतर्कता अपनाउनुहोला । विशेष योजना गोप्य राख्नु हितकर हुनेछ । सहयोगको आशा देखाउनेहरूमाथि भर नपर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काममा सफलता मिल्ने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पठन-पाठनमा प्रगति हुनेछ र रोकिएका काम सम्पादन हुने समय छ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुट्ला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनुहोला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । आम्दानी बढ्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । व्यापारमा पनि फाइदै हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): केही खर्च बढे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि हासिल होला । जीवनशैलीमा परिवर्तन आउन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्ननेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यवसायमा लगानी बढाउन सकिने दिन छ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । पुराना समस्या दोहोरिन सक्छन्, सचेत रहनुहोस् । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ, तथापि प्रयत्न गर्दा आश मारेको फल प्राप्त हुन सक्छ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । हितैषीजनको साथ मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ कामको प्रस्ताव आउने र विगतको सफलताले थप काम गर्न हौसला मिल्ने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका मित्रजन नजिकिनाले हर्ष बढ्ला । तपाईंको कामको धेरैले तारिफ गर्नेछन् । आयआर्जन पनि राम्रै हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति र पराक्रम बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मान-सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्न सक्नुहोला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । चुनौतीहरू स्वतः हट्नेछन् । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । तामसिक काममा आकर्षण बढ्ला । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नवीन योजना सिद्धिका लागि अनिच्छित सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा खास समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामर्थ्य बढ्नेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त होला । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने दुःख पाइनेछ । जिम्मेवारी बढिरहनेछन् । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । खर्च बढ्न सक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । तर सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । पतिपत्नीबीच पनि घरसल्लाह नमिल्न सक्छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): राम्रै फाइदाको योग छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । प्रशंसकहरू बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ काम र हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने र व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्ला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array