मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई चौथोपटक विश्वासको मत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

जनकपुर – मधेश प्रदेशका  मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री यादवले सदनमा पेस गरेको विश्वासको मत प्रस्तावमा प्रदेशसभाका ६१ जना सदस्यले पक्षमा मतदान गरेका छन् ।

सदनमा विपक्षीदलले सदनमा बहिस्कार गरेका कारण विपक्षमा भने शून्य मत परेको छ। मतदानमा प्रदेशसभाका ६१ जना प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए। मुख्यमन्त्री यादवको पक्षमा बहुमत अर्थात् ५३ भन्दा बढी मत प्राप्त भएकाले सदनको विश्वास मुख्यमन्त्री माथि रहेको घोषणा सभामुख रामचन्द्र मण्डलले गरेका छन्।

गत माघ आठ गते सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको झडपका विषयमा संसदीय छानबिन समितिको माग गर्दै जनमत पार्टीका प्रदेशसभासदस्यले प्रदेशसभाभित्रै वेल घेराउ गरी विरोध जनाएका थिए।

सभामुख मण्डलले सहमतिका लागि दुई पटक बैठक स्थगित गरे पनि जनमत पार्टीले सो घटनाबारे सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने र मुख्यमन्त्री यादवले राजीनामा दिनुपर्ने माग राख्दै सदनमा बहिस्कार गरेका हुन्। जनमत पार्टीका प्रदेशसभा सदस्यले नाराबाजी गर्दै विरोध गरिरहेको बेला नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले व्यक्तिगत घटनालाई लिएर प्रदेशसभा अवरोध गर्न नमिल्ने भनी प्रतिवाद गरेपछि माहोल थप तनावग्रस्त बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array