वैशाख ०३ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८१, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति २०८१ साल वैशाख ०३ गते सोमबार, तदअनुसार अप्रिल १५ तारिख चैत शुक्ल पक्षको सप्तमी तिथि, विश्व कला दिवस आज बिहान ५ बजेर ३९ मिनेटमा झुल्किएको सूर्य भरे साँझ ६ बजेर २८ मिनेटमा अस्ताउने छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चुनौतीपूर्ण समय छ, काममा होस नपुग्दा केही समस्या झेल्नुपर्ला । होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । परिस्थितिप्रति गम्भीर नबन्दा पहिलेका समस्या दोहोरिन सक्छन् । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । स्वास्थ्यमा केही कमजोरी देखापर्ने योग छ । तथापि, मिठो भोजन प्राप्त हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । रसरागको भाव वृद्धि होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आलोचकहरूले सताउन सक्ने समय छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिएलान् । प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोऱ्याउनुपर्ने हुन सक्छ । प्रतिकुलताका बाबजुद जिम्मेवारी बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कर्ममा व्यस्तता बढ्नेछ । गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । साझेदारी काममा राम्रो फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । अवसर खेर नजाला । व्यापारमा पनि राम्रै फाइदा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आय वृद्धि हुनेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुने योग छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्ने योग छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादनमा असर पर्ला । तथापि, बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): विवेक र पराक्रमले प्रतिस्पर्धीलाई हराउन सकिनेछ । नसोचेको अवसरले उत्साह जगाउला । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । व्यक्तिगत फाइदाको मात्र पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ, सावधान रहनुहोला । आफन्तको साथ मिल्नेछ भने यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): श्रमको उचित मूल्यांकन हुने समय छ । मेहनतले आम्दानी बढाउन सकिनेछ । आजको कामबाट राम्रै धनलाभ हुन सक्छ । सहयोगीहरूले उत्साह जगाउनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आरोग्यता रहनेछ । शुभ काममा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): तार्किक क्षमता बढ्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ । तर, व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । भौतिक साधनको खराबीले लक्ष्यप्राप्तिमा असर गर्न सक्छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्ने योग छ । आरेग्यता रहला । परिवारिक सुख बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । आजको दिन विशेष योजना र बजेट बनाएरमात्र कार्य गरे बेस होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुऱ्याउने देखिन्छ । सामाजिक दायित्व भने बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभता बढ्नेछ । पढाइमा प्रगति होला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा राम्रै फाइदा होला । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । चिताएको कामले राम्रै लाभ दिलाउला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नयाँ कामको प्रस्ताव आउने योग छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । सभा–समारोहमा सम्मानित हुनुहुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array