प्रचण्ड-ओलीको फेरिएको त्यो बोली, त्यसपछि माधव नेपालले बनाइदिए निरिह !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बोली फेरिएको निश्कर्ष निकालेको छ । यसअघि सुदूरपश्चिम सरकारको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएपनि अहिले उक्त वाचा पूरा नगरेको नेकपा (एस) को निश्कर्ष छ ।

सुदूरपश्चिममा नेकपा (एस) ले कांग्रेससहितको विपक्षी गठबन्धनबाट सरकार गठन गर्न समर्थन गरेको छ । आज केन्द्रीय सत्ता गठबन्धन र विपक्षी गठबन्धन दुवै तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश भएपछि प्रदेश प्रमुख नजीर मियाले मुख्यमन्त्री नियुक्त गर्न सकेनन् ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा नागरिक उन्मुक्ति पार्टीलाई सुदूर सरकारको मुख्यमन्त्री दिने सहमति जुटेको थियो । उक्त निर्णयबाट बिच्किएको एकीकृत समाजवादीले अन्ततः ओली–प्रचण्डलाई निरिह नै बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array