नँया वर्ष २०८१ वैशाख ०१ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ बैशाख २०८१, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आजको नँया वर्ष वि.सं.२०८१ वैशाख ०१ गते शनिबार ई.सं.२०२४ अप्रिल १३ नेपाल सम्बत ११४४ चौलाथ्व पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल पञ्चमी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, शोभन योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:४१ बजे भयो भने सूर्यास्त साँझ ०६:२७ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने अवसर सिर्जना हुन सक्छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । तर, दिनको पछिल्लो प्रहर अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला । आशा देखाउनेहरूले धोका दिन सक्छन् । अवसरवादीहरूले तपाईंको कमजोरीको फाइदा उठाउन सक्छन्, सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । मिठो भोजन प्राप्ति र आमोदप्रमोदमा रम्नुहुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिने समय छ । सामाजिक उत्तरदायित्व बहन गर्नुहोला । मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । तथापि, भेटघाटको अलमलले काममा बाधा दिन सक्छ । आँटले काम लिन नसक्दा पछि परिने सम्भावना छ । ब्यस्तताका साथै खर्च बढ्ने योग छ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): चुनौतीका बाबजुद कीर्तिमानी काम सुरु गर्ने समय छ । खर्च लागे पनि प्रयत्न गर्दा दिगो फाइदा हुने देखिन्छ । सकारात्मक जिम्मेवारी हात पर्ने अवसर जुर्ला । महत्वपूर्ण निर्णय लिनु छ भने समय अनुकुल छ । अध्ययनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरूले हार खानेछन् । आय वृद्धि होला । सकारात्मक कर्ममा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन स्वास्थ्यसम्बन्धी सामान्य समस्याका साथै काम बिग्रने भयले सताउन सक्छ । सोखले फजुल खर्च बढाउने र आलस्य गर्दा काम बीचैमा रोकिन सक्ने योग छ । अर्थसंग्रहमा बाधा पुग्नेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । तथापि कर्मबल बढ्नेछ भने सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भाग्यबल बढ्नेछ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचनको सम्भावना देखिन्छ । सुखद समाचारले उत्साह जगाउला लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । आलोचकहरू परास्त हुनेछन् । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): समय अनुकल छ । मनग्य धन आर्जन हुने ग्रहयोग छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न सक्छ, यसका बाबजुद कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनलाभ हुने देखिन्छ । दौडधुप बढ्ला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । समय र नियमलाई बेवास्ता नगर्नुहोला । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्ने योग छ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ । दामपत्यसुख बढ्नेछ । आरोग्यता रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । सोखले खर्च बढाउला । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा खिन्नता बढ्न सक्छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विगतका कमीकमजोरीलाई सुधार गर्न सकिने दिन छ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । शुभचिन्तकहरूसँग भेटघाट होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्योन्नतिको समय छ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने अवसर जुर्ला । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्ने योग छ । केही चुनौती देखापर्ने भएकाले योजनाहरू गोप्य राख्नुहोला । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम बढ्नेछ । कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउला । मिठो भोजन प्राप्त हुनेछ भने आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): धन मान महत्व बढ्ने समय छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । आर्थिक पक्ष सबल बन्नेछ तर सोख पूर्तिका लागि खर्च पनि बढ्न सक्छ । इर्ष्या गर्नेहरूले फसाउन सक्छन्, सावधान रहनुहोला । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array