एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालको विजयी सुरुवात: मलेसियाविरुद्व ५ विकेटको जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa
Kushal Bhurtel of Nepal and Mahamad Asif Sheikh of Nepal run between the wickets during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Malaysia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 12, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। १४४ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३२ रन बनाए। यस्तै कुशल भुर्तेलले २४, कप्तान रोहित कुमार पौडेलले २८ रन बनाए। दिपेन्द्र सिंह ऐरीले ११ बलमा २ चौका र एक छक्काको मद्दतमा २० रन बनाउँदा गुल्शन झाले ७ बलमा २ छक्का र एक चौकाको मद्दतमा १९ रन बनाए। सन्दीप जोराले ९ बलमा १२ रन बनाए। मलेसियाका कप्तान भिरनदिप सिंहले ३ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाएको थियो । मलेसियाका कप्तान भिरनदिप सिंहले ५७ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ७२ रन बनाएर अविजित रहे। यस्तै शार्भिन मुनियान्डीले ४१ रन बनाए। नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा अभिनाश बोहोराले १ विकेट लिए।

आजदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलिको सहभागिता छ।

प्रतिक्रिया दिनुहोस्

Array