मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको छ: गृहमन्त्री लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

धनुषा – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको बताएका छन्।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत बताए।

- Advertisement -
Ad imageAd image

लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने काम सुरु भएको बताए। घटना विशेष अध्ययन गरी आयोगले निष्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि उनले आग्रह गरे।

छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरुमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए। पुराना निवेदन उपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छा बेगर जबरजस्त मिलापत्र गराउने काम भइरहेको भन्दै उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्