चैत २८ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ चैत्र २०८०, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० चैत २८ गते बुधबार ई.सं.२०२४ अप्रिल १० नेपाल सम्बत ११४४ चौलाथ्व द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत कृष्ण द्धितीया, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, विषकुम्भ योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:४४ बजे भयो भने सूर्यास्त साँझ ०६:२५ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लगनशीलताले काममा उत्साह जगाउने दिन छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिएला । व्यवसायिक भ्रमण हुन सक्छ । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । जोखिम बढे पनि नयाँ काम सुरु गर्ने समय छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुने दिन छ । सहयोगीहरूको साथ राम्रै मिल्ला । व्यापार–व्यवसायमा पनि फाइदा होला । तपाईंका कामबाट अरु आकर्षित हुनेछन् । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने अधुरा काम बन्नेछन् । प्रेमभाव र परिवारिक सुख बढ्नेछ । उत्साह वृद्धि होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्छन्, सचेत रहनुहोला । बोकै कारण समस्या उत्पन्न हुन सक्ने भएकोले विचार पु¥याइ अभिव्यक्ति दिनुहोला । सामाजिक प्रतिष्ठा मिल्ने योग छ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला । समस्याको समाधान भने प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय चुनौतीले भरिएको छ । सहयोगीहरूले साथ छाड्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । तर, पहिलेका कमजोरीलाई भने सुधार गर्न सकिनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्ने योग छ । ब्यापारबाट पनि लाभ नै हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यस्तता बढ्नेछ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । आम्दानी बढ्ने समय छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ला । प्रतिष्ठा बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पराक्रम वृद्धि हुनेछ । रोकिएका काम बन्नेछन् भने दिगो फाइदा हुने जिम्मेवारी हात पर्ला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । रमाइलो र आरामदायी यात्राको योग छ । बोलीमा भने सजगता अपनाउनुपर्नेछ, अन्यथा झुटो आरोप लाग्न सक्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): स्वास्थ्यप्रति सजग रहनुपर्ने समय छ । काममा भने परिस्थितिले साथ दिनेछ । पिडा दिनेहरु सक्रिय रहेकाले सावधान रहनु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । अघिपछिको तुलनामा आजको दिन विशेष योजना र बजेट बनाइ काम गर्नुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अलिक प्रतिष्पर्धात्मक समय भए पनि कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । कोशिस गर्दा खास अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । आरोग्यता बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लगानी बढ्नेछ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बढ्नेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आरोग्यबल बढ्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । आयआर्जन भए पनि चोटपटक लाग्न सक्छ । मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । परिवारिक सुख बढ्नेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नयाँ काम सुरु गर्ने समय छ तर खर्चको मात्रा भने बढ्न सक्छ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुन सक्छ । झमेला, विवाद र चोटपटकको योग छ । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ, सावधान रहनुहोला । आरोग्यता वृद्धि होला । रसरागमा आकर्षण बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): चुनौतीपूर्ण समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् भने स्वास्थ्यमा पनि सामान्य समस्या देखापर्न सक्छ । अध्ययन तथा अध्यापनका कार्यमा त्यत्ति ध्यान दिन नसकिएला । आफन्तको साथ कमै मिल्नेछ । वार्तामा भने सफलता प्राप्त होला । आर्थिकसुख बढ्नेछ । सुख विलासमा मन जाला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array