चैत २७ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ चैत्र २०८०, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० चैत २७ गते मंगलबार ई.सं.२०२४ अप्रिल ०९ नेपाल सम्बत ११४४ चौलाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत कृष्ण प्रतिपदा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, वैधृति योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५:४५ बजे भयो भने सूर्यास्त साँझ ०६:२५ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आर्थिक काम बन्ने र आय बढ्ने समय छ । स्वास्थ्य सबल रहनेछ र अनुकूलता वृद्धि हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्न सक्छ । व्यापारमा राम्रै फाइदा हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रोकिएको काम पूरा होलान् । आमोदप्रमोदमा रम्नुहुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय त्यति अनुकुल नरहला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने समय भए पनि स्वास्थ्यगत समस्याले सताउन सक्छ । अरूका काममा समय बित्ने योग छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । पारिवारिक समस्याको भने समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ भने लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनसक्छ, सचेत रहनुहोला । धर्मकर्ममा आकर्षण रहला । रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चोरी वा ठगीमा परिन सक्ने समय छ । आर्थिक कारोबार गर्दा पनि निकै नै सजगता अपनाउनु हितकर होला । अनावश्यक दौडधुपमा समय बित्नेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । कार्यमा जोखिम बढ्ला । साथीभाइको सहयोग भने प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइएला । रमाइलो यात्रा हुने सम्भावना छ । साझेदारीको काम बन्नेछ । दाम्पत्य सुख बढ्नेछ । आरोग्यता रहला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कीर्तिमानी काम गर्ने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ला । व्यापारिक कार्यमा राम्रै फाइदा हुनेछ । प्रेमभाव र आरोग्यता बढ्ला । आफन्तको साथ प्राप्त हुनेछ । सवारीसाधन उपयोग गर्दा भने आजको दिन विशेष सावधानी अपनाउनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय उत्साहवर्द्धक रहला । श्रमको उचित मूल्यांकन हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने बेला छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने सक्छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । दाम्पत्यसुख बढ्नेछ । शत्रुपक्ष परास्त होलान् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा होला । मेहनतले आम्दानी बढाउनेछ । आयआर्जनका स्रोत बढ्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । पराक्रम बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन व्यस्तता वृद्धि हुने देखिन्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । दायित्व पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । स्वास्थ्य कमजोर रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा पुग्ने समय छ । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array