भिक्षुलाई लात्ती हान्ने प्रहरीमाथि विभागीय कारबाही हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ चैत्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रहरी प्रधान कार्यालयले काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरी कर्मचारीमाथि कारबाही अघि बढाइएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

‘उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको व्यवहोरा समेत जानकारी गराउँदछौं,’ सूचनामा उल्लेख छ ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सो क्रममा बाटोमा हिँडिरहेका दुईजना भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो ।

प्रहरीले पछाडिबाट एकजना भिक्षुमाथि लात्ती प्रहार गरेको भिडिओ सामाजिक सन्जालमा अहिले भाइरल छ । धेरैले उक्त भिडिओ पोस्ट गर्दै गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीको आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array