चैत २६ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ चैत्र २०८०, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं. २०८० चैत्र २६ गते सोमबार । इश्वी सन २०२४ अप्रिल ८ तारीख । चैत कृष्णपक्ष औँसी तिथी उत्तरभाद्रपदा नक्षत्र ऐन्द्र योग चतुष्पद करण चन्द्रमा मीन राशिमा आनन्दादि योगमा गद योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋृतु दर्शश्राद्ध हलो तथा निशिबार्ने घोडेजात्रा सोमवारे औँसी

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता मिल्नसक्ने समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । धनआर्जनको अवसर जुर्न सक्छ । उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । पराक्रम र आरोग्यता बढ्नेछ । कार्यसफलता मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सोचेको काम आज सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । तर नजिकका साथीभाइ टाढिन सक्ने योग छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तजनबाट टाढिनुपर्ने समय छ । धर्म कर्ममा आकर्षण बढ्ला । आरोग्यता रहनेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): बाध्यात्मक कार्यमा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ, तर नसोचेको ठाउबाट धनलाभ हुने योग छ । काम बिग्रने डरले भने आज सताइरहला । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन दौडधुप बढ्ला । ऋण रोग र शत्रुप्रति विशेष ध्यान दिनुपर्नेछ । धनलाभको सम्भावना र टाढाको यात्राको पनि योग रहेको छ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ भने परिवारमा मातृमाध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर पनि मिल्नेछ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । बौद्धिकता र रचनात्मकता बढ्नेछ । दामपत्यसुख बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । समग्रमा दिन रमाइलैसँग बित्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पराक्रम र आरोग्यता बढ्नेछ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्ला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । कामको तारिफ हुनेछ । विशेष योजनाहरू बन्नेछन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । स्वास्थ्यको लागि मसलाजन्य खानाबाट आज विशेष सावधान रहनुहोला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहला । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज खर्चचाहिँ केही बढ्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । प्रेमपात्रसित भेटघाट हुनेछ भने प्रेमभाव बढ्ला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । प्रतिस्पर्धी परास्त हुने समय छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग रहेकोले विशेष सतर्कता अपनाइ काम गर्नु हितकर हुनेछ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ, ध्यान राख्नुहोला । आरोग्यता रहनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना रहेकोले विचार पुऱ्याइ काम गर्नुहोला । स्वादिष्ट भोजनमा मन रमाउनेछ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलिक धोका पाइने सम्भावना रहेकोले सचेत रहनुहोला । खर्च सामान्य बढ्ने र बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग रहेकोले सावधानी अपनाउनुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल र ब्यस्तता वृद्धि हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर स्वास्थ्यको लागि आज खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । शत्रुपक्ष परास्त होलान् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत हातपर्ला । अनावश्यक वादविवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । चुनौतीका बाबजुद आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । तथापि, होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि फाइदा हुनेछ । आयबल बढ्ला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त होला ।

तपाईको दिन शुभ रहोस्

 

प्रतिक्रिया दिनुहोस्

Array