चैत २५ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ चैत्र २०८०, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० चैत २५ गते आईतबार ई.सं.२०२४ अप्रिल ०७ नेपाल सम्बत ११४४ चिल्लागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत कृष्ण चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, ब्रद्म योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:४७ बजे भयो भने सूर्यास्त साँझ ०६:२४ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । तर, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । आरोग्यता रहनेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्य सफल रहला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ भने यात्रामा विशेष लाभ होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रेमको बन्धन कसिएला । दाम्पत्य जीवन पनि सुखद तथा समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । आरोग्यता रहनेछ । मान पुरस्कार प्राप्त हुने योग छ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिश्रित फलदायी समय छ । व्यावसायिक यात्राको सम्भावना छ भने सामान्य आम्दानी भइरहनेछ । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । दाम्पत्य सुख बढ्नेछ । शत्रु माथि विजय प्राप्त होला । आरोग्यता रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । स्वास्थ्यगत दृष्टिले केही कमजोर भएको अनुभूति होला । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने योग छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन भने सकिनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन केही बाध्यताका काममा जुट्नुपर्ला । सामान्य विवादमा समेत परिने योग छ, सजग रहनुहोला । मेहनतीजनका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । प्रेमभाव बढ्ला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मान महत्वमा कमी आउनेछैन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन केही बढी नै मिहेनत गर्नुपरे पनि सोअनुसार राम्रै आर्जनको अवसर मिल्ला । मुद्दा–मामिलामा विजयी भइनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ । आफन्तजन सहयोगी रहनेछन् ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्ने सम्भावना छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । साझेदारीमा समस्या आउने योग छ । तथापि, पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । दाम्पत्यसुख बढ्नेछ । योजना र बजेट बनाएर मात्र काममा हात हाल्नु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन्, जसले प्रसन्नता दिलाउला । आफन्तसँग भने सामान्य असमझदारी बढ्न सक्छ । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । मुख्य काममा बाधा हुने देखिन्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहला । तथापि, मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रतिभा प्रदर्शन गरी प्रशंसा प्राप्त हुने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । बौद्धिक कार्यबाट राम्रै धनलाभ होला । अरूको फाइदाका लागि उपयोग भइएला, सचेत रहनुहोला । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । समग्रमा दिन उत्साहपूर्ण रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रतिष्ठित काम गर्ने मौका जुर्ला । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । तर हातमा आएको अवसर गुम्न सक्ने योग रहेकोले सावधानीका साथ कार्य गर्नुहोला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array