सरकारलाई गगनको सुझावः ‘कांग्रेसले उद्योग बेचेर खायो, तपाईँहरु नयाँ खोल्नुस् !’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई नयाँ उद्योगधन्दा खोलेर देखाउन सरकारलाई चुनौति दिएका छन् । आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुले बेला–बेलामा कांग्रेसले उद्योगधन्दा बेचेर खाएको आरोप लगाउने गरेको भन्दै कम्युनिष्टहरुको सरकार रहेको बेलामा नयाँ उद्योग खोलेर देखाउन चुनौति दिएका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने,‘एउटा कम्युष्टि पार्टीका नेता, पूर्व प्रधानमन्त्रीले बेला–बेला कांग्रेसले उद्योग धन्दा बेचेर खायो भनिदिनुहुन्छ । अहिले कम्युनिष्ट पार्टीको सरकार छ । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । अहिलेको गठबन्धनको सर्वोच्च नेता केपी शर्मा ओली हुनुहुन्छ । अर्थमन्त्री वर्षमान पुन हुनुहुन्छ । सब कम्युनिष्ट पार्टीको सरकार छ हैन ? कांग्रेसले पटक–पटक उद्योगधन्दा बेचेर खाएको आरोप लगाएको होईन । यसपाली बजेट तपाईहरुले बनाउने हैन ? कांग्रेसले बेचेर खाएको हुनाले तपाईँले खोल्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

Array