आजको मिति वि.सं.२०८० चैत २२ गते बिहीबार ई.सं.२०२४ अप्रिल ०४ नेपाल सम्बत ११४४ चैत कृष्णपक्ष द्वादशी तिथी पश्चात त्रयोदशी तिथी । शतभिषा नक्षत्र शुक्ल योग तैतिल करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा आनन्द योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋृतु विश्व खेलकूद दिवस
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । हुलमुलमा धनमाल हराउन सक्ने योग रहेकोले सावधान रहनुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको परिवेश बन्न सक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । तथापि, समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । चोटपटकबाट बच्न तथा स्वास्थ्यमा विशेष ध्यान राख्नुपर्ला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय शुभदायी छ । नसोचेको ठाउबाट धनको लाभ हुने देखिन्छ, साथै ब्यापार ब्यबसायमा पनि राम्रै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सुख बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने खालको समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूको भरपर्दा काम बिग्रन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । आलस्यताले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): स्वास्थ्यसम्बन्धी सामान्य समस्या निम्तिन सक्ने योग भएकोले आजको दिन मसलाजन्य खानाबाट विशेष सावधान रहनुहोला । भौतिक साधनको क्षतिले आर्थिक हानीे हुन सक्छ, सचेत रहनुहोला । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने समय छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ, सचेत रहनुहोला । खर्च पनि सामान्यरूपले वृद्धि होला । तथापि, सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । साझेदारीमा फाइदा हुनेछ । सवारीसाधनको प्रयोगमा भने विशेष सावधानी अपनाउनु हितकर होला । सोखले खर्च बढाउन सक्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आरोग्यता र पराक्रम बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या निम्तिन सक्छ, सचेत रहनुहोला । अवसरलाई पछ्याउन विशेष प्रयत्न गर्नुहोला । रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्वास्थ्यगत समस्याले सताउन सक्छ, सचेत रहनुहोला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । नियमकानूनले साथ दिनेछ । शत्रुपक्ष परास्त हुने योग छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा होला । तथापि, विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । यात्राको समय छ । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्