एसएमएस फ्रेन्डसिप टी-२० क्रिकेट प्रतियोगितामा नेपालको पहिलो हार: बरोडासँग ३७ रनले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ चैत्र २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – एसएमएस फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगितामा गुजरात भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा हार व्यहोरेको छ। बरोडासँग नेपाल ३७ रनले पराजित भयो।

नेपालको यो जारी भ्रमणमा पहिलो हार हो भने बरोडाको पहिलो जित हो। प्रतियोगितामा अघिल्ला तीन खेलमा जित निकालेर नेपाल फाइनल पुगिसकेको छ। बरोडाका लागि भने यो जित सान्तवना जितका रुपमा रह्यो।

नेपालले आज कप्तान रोहित पौडेलसहित सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेखलाई बेन्चमा राखेर मैदानमा उत्रिएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। जवाफमा नेपाल १८.५ ओभरमा अलआउट हुँदै १ सय १९ रनमा समेटिएको थियो।

नेपालका लागि सन्दीप जोराले ५६ रनको अर्धशतकीय इनिङ खेले पनि टिमको हार टार्न भने सकेनन्। उनीबाहेक विवेक यादवले १७ रन र कशुल भुर्तेलले १६ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो।

त्यसअघि बरोडाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। उसका लागि शाश्वत रावतले ३१ रन बनाउँदा मोहित मोनगाइले २२ रन बनाए। त्यस्तै, अभिमन्यु सिंह राजपुतले ११ र ध्रुव पटेलले २९ रन बनाएका थिए। नेपालका लागि करण केसी र गुल्सन झाले २–२ विकेट लिए। त्यस्तै, आकाश चन्द, करण केसी, प्रतिश जिसी र ललितनारायण राजवंशीले समान १–१ विकेट लिएका थिए।

बरोडासँगको अघिल्लो खेलमा नेपालले २७ रनको जित निकालेको थियो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो भने फाइनल पुग्ने क्रममा गुजरातलाई दोस्रो खेलमा ८ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array