फ्रेन्डसिप कपमा आज नेपाल र बरोडाबीच खेल हुँदै: नेपालले फाइनलमा गुजरातसँग खेल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – भारतमा जारी फ्रेन्डसिप कप अन्तर्गत नेपालले आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दैछ। फ्रेन्डसिप कपको लिग चरणको अन्तिम खेलमा आज नेपाली समय अनुसार २: ४५ बजेदेखि यो खेल शुरु हुँदै छ।

यस फ्रेन्डसिप कपमा नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरात क्रिकेट एसोसियसनको टिमले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ। बरोडाले आफ्ना यसअघिका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ। त्यसैले यस खेलको नतिजाले कुनै फरक नपार्ने भएको छ।

- Advertisement -
Ad imageAd image

नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीचको फाइनल खेल आइतबार हुँदैछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्