काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले राजीनामा दिएका छन् । बिहीबार लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिंदा सरकार जोगाउन प्रयास गरे पनि विश्वासको मत पाउने सम्भावना नरहेकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह पनि राजीनामा दिन बाध्य बनेका हुन् ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि चौधरी नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बाहिरिएका थिए । मुख्यमन्त्री चौधरीले बिहीबार प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेका बेला उनले राजीनामाको घोषणा गरेका हुन् भने नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको किचलोका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह राजीनामा दिन बाध्य भएका हुन् ।
लुम्बिनी प्रदेशसभा बैठक हुनुअघि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा १ स्वतन्त्र सांसदले माओवादीका दल नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने सहमति भए पनि सुदूरपश्चिम प्रदेशमा भने सरकार बन्ने कुरामै अन्यौल कायमै छ ।


प्रतिक्रिया दिनुहोस्