मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa
rajesh payal rai

काठमाडौं – गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् ।

राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयले जनाएको छ ।

गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ । गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array