एसएमएस क्रिकेटमा नेपालको लगातार तेस्रो जित: एक खेल अगावै फाइनल प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौँ – एसीसी प्रिमियर कपको अभ्यास खेलका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसीप कप त्रिकोणात्मक सिरिज अन्तर्गतको तेस्रो खेलमा भारतीय स्टेट टोली गुजरातलाई ८ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गर्दै जितका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले दिएको १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रनमा समेटिएको हो। गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा गुनरातले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रनको योगफल बनाएको थियो।

गुजरातका लागि कप्तान उमङ्ग रोहितकुमारले सर्वाधिक ४७ रन बनाए। हर्ष देसाईले १६ बलमा २९ रन बनाए। अभिषेक देसाईले २० र प्रियेश पटेलले १७ रन बनाए। नेपाललाई जित दिलाउने क्रममा सोमपाल कामी, गुलशन झा र कुशल मल्लले समान २-२ विकेट झारे। विवेक यादवको नाममा १ विकेट रह्यो।

यससँगै भारत यात्रामा रहेको नेपाली टोलीले यो सिरिजका तीनवटा खेल लगातार जितेको छ। गुजरातलाई हराएसँगै नेपाल सिरिजको फाइनलमा पनि पुगेको छ। नेपालले सबै तीन खेल जित्दै ६ अंक बनाएको छ। नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो।

दोस्रो खेलमा नेपालले बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले हराएको थियो। तेस्र खेलमा पनि नेपालले गुजरातलाई बदलाको अवसर नदिई नतिजा आफ्नो पक्षमा पार्‍यो।

यसअघि ब्याटिङमा उत्रिएको नेपालले पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले १३.३ ओभरमा १ सय २५ रनको उत्कृष्ट साझेदारी गरे।

आशिफ शेख ८५ रन बनाउँदै पेभेलियन फर्किए। कुशल ६७ रन बनाउँदै आउट भए। उनले ४४ बलमा ९ चौका र २ छक्का हाने। नेपालका ओपनरले उत्कृष्ट सुरुवात गरे पनि मध्यक्रमका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्।

विवेक यादव ७ र प्रतिश जिसी ४ रनमा नटआउट रहे। सन्दीप जोरा २ र कुशल मल्लले १ रन बनाए। गुलशन झा ४ र रोहित पौडेल ३ रनमा आउट भए। अनिल शाह शुन्य रनमा नै पेभेलियन फर्किए। गुजरातका लागि जयमित पटेलले ३ विकेट लिए। आर्या देसाई र दुसन्त सोनीले समान २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

Array