चैत २१ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०८०, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० चैत २१ गते बुधबार ई.सं.२०२४ अप्रिल ०३ नेपाल सम्बत ११४४ चिल्लागा नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत कृष्ण नवमी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, शिव योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:५१ बजे भयो भने सूर्यास्त साँझ ०६:२२ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । अध्ययनमा राम्रो प्रगति हुनेछ । धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । रोकिएका काम बन्ने समय छ, हिम्मतले काम लिनुहोला । साझेदारीकके काम बन्नेछ । दामपत्यसुख मिल्नेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आँट साहस पराक्रम बढ्ने, बौद्धिकता र रचनात्मकता वृद्धि हुने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । यात्रा सफल रहनेछ । वैदेशिक कामकाजमा फाइदा होला । समस्याको समाधान प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुने दिन छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मत कायम राख्न सक्दा अप्ठ्यारो काम पनि बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यस्तता बढ्नेछ । आज अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । साथीभाइको सहयोग भने प्राप्त हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेम र मित्रताको गाँठो कसिनेछ भने दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने अवसर मिल्ला । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत वृद्धि होला । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तजनले समस्यामा सहयोग गर्लान् ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विशेष उपलब्धि हात पार्न सकिने कर्मको योग छ । गुरुजनको सहयोग जुट्ला । व्यवसायमूलक काममा राम्रै फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । कार्य व्यपारमा सफलता प्राप्त होला । यात्राको योग छ । दायित्व पूरा गर्नुहुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । तर आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । फाइदाको पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्ने योग छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । सुख र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । दाम्पत्यसुख बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन पनि सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । शत्रुपक्ष परास्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । आय र यशवर्चश्व अनि कर्मबल बढ्ने समय छ । परिवारिक सुख रहनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । केही आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले लाभ मिल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय केही चुनौतीयुक्त छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा असमझदारी बढ्न सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ । आफन्तको साथ कमै मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । अन्ततः समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array