शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ।

प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बैठकमा संसदलाई बिजनेस दिने, राष्ट्रिय मुद्दामा एकजुट भइ अघि बढ्ने विषयमा समेत उनीहरुबीच छलफल भएको जानकारी दिए।

२१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबीच पहिलो पटक छलफल भएको हो। प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो आयोजित एक कार्यक्रममा आफूले शान्ति प्रक्रिया र संवैधानिक परिषदको विषयमा देउवा र ओलीसँग छलफल गर्न लागेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array