युवा समाजसेवी आलम प्रधानमन्त्री प्रचण्डद्वारा सम्मानित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपालको लोकतान्त्रिक आन्दोलन तथा नेपालको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउन सफल रिपोर्टर्स क्लब नेपालको २६ औं वार्षिकोत्सबको अवसरमा नेपालको सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको लागि युवा समाजसेवी तबरेज आलमलाई सम्मान गरेको छ ।

वार्षिकोत्सब कार्यक्रमको प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रिपोर्टर्स नेपालका सभापति ॠषी धमलाले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

सत्मार्ग फाउन्डेसनका अध्यक्ष समेत रहेका युवा समाजसेवी आलम विगत लामो समयदेखि समाजसेवाको विविध क्षेत्रमा योगदान पुर्‍याउँदै आएकोमा सम्मान व्यक्त गरिएको हो । ‘रिपोर्टर्स नेपालको सम्मानसँगै अझै सामाजिक जिम्मेवारी थपिएको महसुस भएको’ युवा समाजसेवी आलमले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array