इलाम-२ मा घण्टी बजाएर रास्वपाकाे उम्मेदवार घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरु शनिबार इलाम पुगेर इलाम-२ का लागि उम्मेदवार घोषणा गरेको छन । वैशाख १५ गते इलाम-२ मा हुने उपनिर्वाचनको उम्मेदवार मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेको हो ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले मिलन लिम्बूलााई चुवान चिन्ह घण्टी हस्तान्तरण गर्दै उम्मेदवार घोषणा गरेका हुन् । उम्मेदवारी घोषणासँगै घण्टी बजाइएको थियो ।

शनिबार मिलनको पक्षमा सभापति लामिछानेसहित माहोल बनाउँदै उम्मेदवारी घोषणा गर्नका लागि उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताहरु इलाम पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array