नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल आज, कसले मार्ला बाजी ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ।

यसअघि बिहीबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिका सार्बजनिक गरेको थियो। जस अनुसार टी- २० सिरिजको पहिलो खेल आज हुने भएको छ। यो खेल टियु मैदानमा अपराहन्न १ बजेदेखि हुने क्यानले जानकारी दिएको छ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ। त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array