नेपाल ए र आयरल्याण्ड वोल्भ्स बीचको पहिलो टी-२० खेल आज, कसले मार्ला बाजी ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल ए क्रिकेट टिमले आज आयरल्याण्ड वोल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ।

टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि शुरु हुँदै छ। नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array