चैत १२ गते सोमबारको तपाईको दैनिक तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ चैत्र २०८०, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० चैत १२ गते सोमबार ई.सं.२०२४ मार्च २५ नेपाल सम्बत ११४४ चिल्लाथ्व पुन्हि, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल पुर्णिमा, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, वृद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६:०१ बजे भने सूर्यास्त साँझ ०६:१७ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन मनोरञ्जनपूर्ण रहला । फुर्सदको अनुभूति र मनमा प्रशन्नता मिल्नेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने योग छ । खर्च र व्यवस्तता सामान्य बढ्ला । अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु हितकर हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम बढ्ने तथा अप्रत्याशित लाभ हुने समय छ । नयाँ कामका स्रोत फेला पर्लान् । काममा प्रशस्त मात्रामा मन जानेछ भने व्यवसायमा थप लगानी बढाउन सकिने दिन छ । मित्रजनको साथ प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला । आरोग्यता र सुख बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही चुनौतीपूर्ण रहला । पीडा दिनेहरूको सक्रियता बढ्न सक्छ । स्वास्थ्य सामान्य कमजोर रहन सक्ने योग भएकोले खानपानमा विशेष सतर्कता अपनाउनु हितकर हुनेछ । ब्यर्थको खर्च र अनावश्यक झमेलामा पर्नुबाट बच्ने कोशिस गर्नुहोला परिएला । आरोग्यता बढ्नेछ भने यात्रा सफल रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रमाइलो तरिकाले कामहरु गर्न पाइने दिन रहेको छ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । कसैबाट समर्थन प्राप्त हुने समय छ । मिठो भोजन प्राप्त होला । रसराग एवम् खेलकुदजन्य कर्ममा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नतिको योग छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुनेछ । सोचेभन्दा बढी नै लाभ होला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ भने आर्थिक क्षेत्रमा उन्नतिको योग छ । लगानी बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काम सफल रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ । मित्रजन एवम् घरपरिवारबाट सुख शान्ति मिल्ला । धनमाल कमाउने दिन छ । यात्रा सफल रहला । फसेको लगानी उठ्ने सम्भावना छ । आयबल बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त होला । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आज सोच्दै नसोचेको ठाउँमा पैसा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । मनमा चिन्ता बढ्ने योग छ । धनमाल हराउन सक्छ, सावधान रहनुहोला । कर्मबल भने वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । सफलताका लागि व्यवहारमा संयमता अपनाउने विशेष प्रयास गर्नुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यबल र शुभता वृद्धि हुनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । खर्च भने बढ्ने र लेनदेनमा विवाद हुन सक्ने समय छ । बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । सुख सुविधाको वस्तु खरिदमा खर्च होला । योजना र बजेट बनाएर मात्र आर्थिक कारोबार गर्नु हितकर हुनेछ । शत्रुपक्ष परास्त होलान् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नयाँ कामका योजनाहरु बन्नेछन् भने बचतको प्रवल सम्भावना छ । व्यापारमा सफलता मिल्नेछ । यात्राको अवसर जुर्ला । जोखिम र दौडधुप समान्य रूपमा बढ्न सक्छ । कठोर मिहिनेतले कार्यमा सफलता दिलाउला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रमाइलो तरिकाले कामहरु गर्न पाइने समय छ । नयाँ कामका योजनाहरू बन्न सक्छन् । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनीतिमा सफल भइएला । साझेदारीको काम बन्नेछ । दामपत्य सुख र आरोग्यता बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रापद कार्य सफल रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): परिश्रमले काममा रुचि बढने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला, तर आजको दिन वादविवादबाट बच्न विशेष प्रयत्न गर्नु हितकर हुनेछ । आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, सचेत रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): स्वास्थ्यका दृष्टिकोणले समय राम्रो भए पनि मनमा त्यसै–त्यसै डर रहन सक्छ । आर्थिक लाभ होला । व्यापारमा सफलता पाउने यात्रामा रमाउने तथा भेटघाटबाट सहयोग प्राप्त हुने योग छ । प्रेमभाव र सन्तानसुख बढ्नेछ । आरोग्यता रहला । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array