जिवी राईलाई पक्राउ गर्न सरकारले पूरै शक्ति परिचालन गरेको छ: गृहमन्त्री लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ चैत्र २०८०, आईतवार
1 Min Read
Aa

चितवन – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन्।

आइतबार चितवनको भरतपुरबिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए। देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो।

सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने उनले बताए। गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए।

सहकारीको पैसा अपचलन गरेर फरार रहेका जिवि राईलाई पक्राउ गर्न सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए। सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे।

फरक प्रसङगमा बोल्दै उनले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताए। विज्ञहरु र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यसवर्ष बजेटमै राखेर काम गर्न लागिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

Array