चैत ११ गते आईतबारको तपाईको दैनिक तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ चैत्र २०८०, आईतवार
5 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० चैत ११ गते आईतबार ई.सं.२०२४ मार्च २४ नेपाल सम्बत ११४४ चिल्लाथ्व चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल चर्तुदशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, गण्ड योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६:०२ बजे भयो भने सूर्यास्त साँझ ०६:१७ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रमाइलो दिन छ । काम बन्नाले सुखको अनुभव होला । धन आर्जनको योग छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । व्यस्तता वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख प्राप्ति र आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अनेक किसिमका फाइदा हुने समय छ । अप्रत्याशित लाभ होला । काम बन्नाले सुखको अनुभव हुनेछ । नोकरीमा दिन सामान्य रहला । साथीभाइको साथ प्राप्त हुनेछ । पराक्रम बढ्नेछ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन काममा समस्या देखिएला । अनेक किसिमका झमेलामा परिने योग भएकोले सावधान रहनुहोला । केही हानी हुन सक्छ । आरोग्यता रहला । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रु पक्ष परास्त हुनेछ, ढुक्क रहनुहोला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विचारले धेरैलाई आकर्षण गर्न सकिने समय छ । परोपकारका काममा मन जाला । धन आर्जनको दृष्टिले राम्रो दिन छ । आरोग्यता रहला । सुख र शुभता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुखप्राप्तिको योग छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): फलिफाप हुने समय छ । अनौठो तरिकाले कमाइ भइ मन खुशी होला । टाढाको यात्राको योग पनि रहेको छ । व्यस्तता बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित फल दिने किसिमको दिन छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु हितकर होला । आयबल बढ्नेछ । अचानक कमाइ हुने योग छ । कार्यगति बढ्नेछ भने आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि हुनेछ तर दिन त्यति शुभदायी छैन । समय र धनको ब्यर्थ नाश होला । नसोचेको ठाउँमा खर्च हुन सक्छ । गरेका कामबाट ठूलो उपलब्धि लिन नसकिएला । यात्रागत काम सफल हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ने समय छ । आजको दिन अनावश्यक यात्रा हुन पनि सक्छ । आफन्तमिलनले सुख दिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्ला । आरोग्यता बढ्नेछ । आज योजना र बजेट बनाएर मात्र कार्य गर्नु हितकर होला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने केही कमजोरी अनुभव होला । खर्च भन्दा कमाइ नै बढी हुनेछ । अध्ययन-अध्यापनमा राम्रै प्रगति हुनेछ । मिठो भोजन प्राप्त हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरितलिङ्गीबाट प्राप्त हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । दाम्पत्य सुख बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । समय प्रतिकूल भएकाले काममा बाधाहरुको सामना गर्नुपर्ला । वादविवादबाट बच्न आज विशेष प्रयत्न गर्नु हितकर होला । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): केही सुख केहि दुःखको अनुभूति हुने समय छ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । प्रेमभाव र आरोग्यता बढ्नेछ । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुखसुविधाको वस्तु बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array